१. व्यवहारका आधारमा सिद्धान्त र ज्ञान निर्माण

  • सबै तहमा भूमि–कृषि आन्दोलनका अभ्यासलाई नियमित आलोचनात्मक समीक्षा गरेर सिकाइ निकाल्ने सहभागितामूलक सिकाइ प्रणाली स्थापित गर्ने ।
  • सिकाइहरू अभिलेखन गर्ने, स्थापित सिद्धान्त तथा विधिहरूलाई नौलो सिकाइका आधारमा आलोचनात्मक ढङ्गले केलाउने र नयाँ ज्ञान स्थापित गर्ने ।

२. जनसङग्ठनलाई सिकाइको केन्द्रमा राखरे कायर्गत अनसुन्धान गर्ने

  • भूमि–कृषि अभियानलाई के÷कसरी सशक्त र प्रभावकारी तुल्याउन सकिन्छ भन्नेबारे आलोचनात्मक समीक्षा गर्दै नयाँ पहलका लागि कार्यगत अनुसन्धान गर्ने ।
  • अभियन्ताको ज्ञानलाई स्थापित प्राज्ञिक र अन्य सार्वजनिक ज्ञान प्रणालीसँग जोड्ने ।

३. सिकाइ सामग्रीहरू तयारी र प्रकाशन गर्ने

  • जनसङ्गठनका सदस्य, अगुवा र अन्य सरोकारवालालाई भूमि–कृषि सम्बन्धी सवालहरू बुझ्न सहयोग पुग्ने सिकाइ सामग्रीहरू तयार गरी प्रकाशन र वितरण गर्ने ।
  • परिवेश विश्लेषणका उपज सामग्रीहरू उपयोगिताको आधारमा प्रकाशन गर्ने ।
  • आन्दोलनको आवश्यकता र अगुवाहरूको क्षमता विकासलाई ध्यानमा राखेर मुद्रित सामग्रीका अतिरिक्त अन्य श्रव्य÷दृश्यलगायतका सिकाइ सामग्रीहरू उत्पादन गर्ने ।
  • भूमि–कृषि पाठशालामा सामुदायिक परिवेश नक्शाहरू, भूमि–कृषि सम्बन्धी संविधान, कानुन, ऐन, नियमावलीको व्याख्यासहितका सामग्री सङ्ग्रह गर्ने ।

४. संस्थागत पहिचान र आर्थिक स्रोत जुटाउन प्रकाशन

  • भूमि–कृषिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत बहसलाई योगदान गर्ने, संस्थाको पहिचानलाई गहन बनाउन सघाउने र आर्थिक स्रोत निर्माणमा समेत टेवा दिने पुस्तक, सामयिक जर्नल वा स्रोत सामग्रीहरू प्रकाशन गर्ने ।