१. अर्गानिक तथा दिगो कृषि प्रवर्धन

  • भूमि अधिकार सुनिश्चितताका साथै भूमिमा पहुँच भएका किसानलाई अर्गानिक तथा दिगो कृषिको अभ्यासतर्फ प्रोत्साहन गर्ने ।
  • राज्य तथा अन्य सङ्घ÷संस्थाबाट अर्गानिक तथा दिगो कृषिका लागि उपलब्ध हुने अनुदान वा सरसहयोगसम्म पहुँच बनाउन किसानलाई सघाउने ।
  • परम्परागत स्थानीय बीउविजनको स्थानीय तहमै संरक्षण, हरित मलको प्रवर्धन र जैविक कीटनाशक उपायका निम्ति सहजीकरण गर्ने ।

२. सहकारी, सामूहिक प्रयास र बजारमा पहुँच

  • सीमान्तकृत तथा साना किसान परिवारको उत्थान हुने सहकारी मोडलको विकास गर्ने र जनसङ्गठनका सदस्य र अगुवालाई मोडल सहकारी निर्माण गर्न सक्षम बनाउने ।
  • साना किसान सहकारीहरूलाई सार्वजनिक वा अन्य उपलब्ध जमिन सामूहिक करारमा लिएर सामूहिक खेती व्यवस्थापन गरी लाभ लिन सहजीकरण गर्ने ।
  • साना किसानहरूले खेतीपातीका साथै पशुपालनलगायत कृषिमा आधारित अन्य उद्यम पनि गर्दै कसरी जीविका प्रणालीलाई उन्नत तुल्याउन सक्छन् भन्ने विषयमा कार्यगत अनुसन्धान गरी परिवेश सुहाउँदो उपायहरू सुझाउने ।
  • कृषि उपजका उपभोक्ताहरूलाई पर्यावरणीय कृषिको महत्वबारे सचेत गराउँदै सहकारी वा कृषि उत्पादक समूहलाई इच्छुक उपभोक्ता समूहसँग जोड्न सहजीकरण गर्ने ।

३. राज्यद्वारा प्रदान गरिने अनुदान र सुविधाको प्रभावकारी अनुगमन

  • राज्यद्वारा प्रदान गरिने अनुदान र सुविधाबारे किसानलाई सुसूचित गर्दै अनुदानको प्रभावकारिताबारे नियमित अनुगमन गर्ने र आवश्यक सवालमा स्थानीय सरकार र प्राविधिक निकायसँग रचनात्मक सहकार्य गर्ने ।