सिन्धुपाल्चोक जिल्लामा वि.सं. २०४९ साल चैत १ मा स्थापित आत्मनिर्भर केन्द्र समग्र सुधार जोताहा किसानको भूमि अधिकारको पक्षमा विगत अढाई दशकदेखि क्रियाशील सामाजिक संस्था हो । यो संस्थाले भूमि अधिकारबाट वञ्चितहरूको सचेतीकरण र सङ्गठन, प्रगतिशील भूमि–कृषि व्यवस्थाको पक्षमा जनमत निर्माण र कार्यगत अनुसन्धान गर्दै आएको छ । त्यसैले यो संस्था भूमिसम्बन्धी सरोकार भएका सङ्घ/संस्था, नीति निर्माता र बौद्विक अध्येताका लागि समेत राष्ट्रिय स्रोत संस्थाका रूपमा परिचित
छ ।

भूमि अधिकारबारे सचेतीकरण, पीडितहरूको सङ्गठन निर्माण, कार्यगत अनुसन्धान र भूमि अधिकार अभियानको सिलसिलामा ‘आत्मनिभर केन्द्र’ नेपालका सात वटै प्रदेश तथा तराई, पहाड र हिमालका दुई तीहाई भन्दा धरै जिल्लासँग जोडिएको छ । अर्थात यी ठाउँका समुदाय र स्थानीय सरकारसँग कार्यगत सम्बन्ध र सम्पर्क विकास गरेको छ । यो संस्था समावेशी सरंचना र सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई समाजको जरादेखि नै बलियो बनाउनुपर्छ भन्ने मान्यतामा अडिग छ ।

भविष्यमा पनि ‘आत्मनिर्भर केन्द्र’ ले सञ्चालन गर्ने कुनै पनि क्रियाकलाप, परियोजना वा अभियान जनमुखी भूमि व्यवस्था र दिगो, जैविक र पर्यावरणमैत्री कृषि प्रणाली सुदृढीकरणको लक्ष्यसँग प्रत्यक्षरूपमा गाँसिएको हुने छ ।

image

हाम्रो सपना र दूरदृष्टि

न्यायपूर्ण एवम् दिगो भूमि व्यवस्थासहितको समुन्नत, लोकतान्त्रिक र समतामूलक नेपालको सिर्जना

image

हाम्रो अठोट र कार्यभार

भूमिहीन तथा कृषि कर्ममा सङ्लग्न किसानको भूमि अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण भूमि व्यवस्था र दिगो कृषि प्रणालि स्थापित गर्न योगदान गर्ने ।

हाम्रा आधारभूत मूल्य/मान्यता

१. सामाजिक न्याय र प्रकृतिलाई न्याय

आत्मनिर्भर केन्द्र व्यक्ति–व्यक्तिबीच र समुदाय–समुदायबीच न्यायपूर्ण सम्वन्ध हुनुपर्छ भन्ने कुरामा विश्वास राख्छ । उमेर, लिङ्ग, वर्ग, जाति, धर्म, राष्ट्रियता, आस्था वा कुनै पनि आधारमा कसै माथि नकरात्मक विभेद वा अन्यायपूर्ण व्यवहार हुनु हुँदैन । मानिस र भूमि लगायत प्रकृतिबीचको सम्बन्ध पनि न्यायपूर्ण हुनुपर्छ । विकासका नाममा प्रकृतिको दोहन र प्रदूषण हुनु हुँदैन भन्ने यो संस्थाको प्रमुख मान्यता रहेको छ ।

२. अहिंसा
आत्मनिर्भर केन्द्र अहिंसात्मक सामाजिक आन्दोलन र अभियानबाटै रचनात्मक र दिगो सामाजिक परिवर्तन सम्भव हुन्छ भन्ने सवालमा दृढ विश्वास राख्छ ।

३. सरलता र पारस्परिक सम्मान
आत्मनिभर्र केन्द्रका सदस्य र कर्मचारी व्यक्तिगत तथा पेशागत जीवनमा सरल तथा सादगीपूर्ण जीवनशैली अपनाउँछन् । सामाजिक व्यवहारमा आदर र सम्मान दोहोरो हुन्छ । आत्मनिर्भर र केन्द्र पारस्परिक सम्मानलाई लोकतान्त्रिक आचरणको महत्वपूर्ण पक्ष मान्छ ।

४. समानुभूति र पक्षधरता
आत्मनिर्भर केन्द्र न्यायपूर्ण समाज निर्माणका लागि अन्यायमा परेका व्यक्ति, परिवार वा समुदायको पक्षमा उभिनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छ । सहानुभूति हैन, अन्यायमा परेकासँग समानुभूतिसहित न्यायको पक्षमा लाग्नुपर्छ भन्ने यो संस्थाको मान्यता रहेको छ ।

५. आत्मनिर्भरता र अन्तरनिर्भरता
अन्तरनिभर्रता सामाजिक प्रगतिको बाहक शक्ति हो । पारस्परिक सरसहयोगले नै परिवार, समुदाय, देश र विश्व समृद्धितर्फ अगाडि बढ्छ । परनिर्भरताले व्यक्ति वा समुदायलाई कमजोर बनाउँछ । आत्मनिर्भर केन्द्र व्यक्ति, परिवार, समुदाय र देश परनिर्भर नभई सकेसम्म आत्मनिर्भर हुँदै अन्तरनिर्भरतालाई
सकारात्मक योगदान गर्नुपर्नेमा विश्वास राख्छ ।

६. नतिजामुखी, गुणस्तरीय र उत्कृष्टता
आत्मनिर्भर केन्द्र यथास्थितिको उन्नत विकल्प सम्भव छ भन्ने मा विश्वास राख्छ । हरेक नयाँ काम वा पहललाई नतिजामुखी, गुणस्तरीय र सापेक्षिकरूपमा उत्कृष्ट बनाउन सकिन्छ ।

 

हाम्राे २०२० देखि २०२५ सम्मकाे लागि भूमि कृषि अभियान रणनिति पढ्नुहाेस