१. भूमि–कृषि सम्बन्धी सामाजिक बहस

  • मानव जीवनमा भूमि र कृषिको महत्वबारे आमसचेतीकरण अभियान चलाउने ।
  • समुदायदेखि राष्ट्रिय तहसम्म किसान समुदायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवालाबीच विद्यमान भूमि–कृषि प्रणालीबारे आलोचनात्मक चेत विकास गर्नका लागि अन्तरक्रियाको वातावरण सिर्जना गर्ने ।
  • लोकतन्त्र, सामाजिक न्याय र दिगो विकासमैत्री भूमि–कृषि व्यवस्थाको अर्थ, मर्म र सम्भावित व्यावहारिक मोडलहरूबारे सार्वजनिक बहस गहिरो र फराकिलो बनाउने ।

२. सहभागितामूलक भूमि–कृषि परिवेश विश्लेषण अभियान

  • भूमि–कृषि परिवेश विश्लेषणका लागि सहभागितामूलक अध्ययन विधिहरू विकास तथा परिमार्जन गर्ने र विभिन्न तहमा सहजकर्ताहरू तयार गर्ने ।
  • समुदाय र पालिका तहमा सहभागितामूलक भूमि–कृषि परिवेश विश्लेषणलाई अभियानका रूपमा सञ्चालन गर्ने ।

३. जनसङ्गठन निर्माण, सुदृढीकरण र स्वःपरिचलान

  • भूमि–कृषि कर्ममा प्रत्यक्ष सङ्लग्न जो ताहा किसानहरूको समुदाय, पालिका, प्रदेश र राष्ट्रिय तहमा स्वतन्त्र, स्वायत्त र सृदृढ जनसङ्गठन निर्माण गर्ने ।
  • समुदाय र पालिका तहमा जनसङ्गठन स्वःपरिचालनको रणनीतिसहित समावेशी र सहभागितामूलक लोकतान्त्रिक नेतृत्व विकास गर्ने ।

४. समदुाय तहमा भूिम–कृिष पाठशालाहरू स्थापना गर्ने

  • जनसङ्गठनको पहलमा भूमि–कृषिसम्बन्धी सवालमा छलफल, भेला र प्रशिक्षणका लागि सामुदायिक भूमि घर निर्माण गरी भूमि–कृषि पाठशाला सञ्चालन गर्ने ।
  • जनसङ्गठनका स्थानीय अगुवामध्ये बाट प्रशिक्षक सहजकर्ताहरू विकास गर्ने ।