१. विश्वव्यापी भूमि–कृषि आन्दोलनमा सहभागिता र योगदान

  • भूमि–कृषि सवालमा विश्वव्यापीरूपमा देखा परिरहेको प्रवृत्ति विकासक्रमलाई गहिरोसँग नियाल्ने, विभिन्न मुलुकका सफलता र असफलताका अनुभवबाट उपयुक्त पाठ सिक्ने र विश्व मञ्चमा अर्थपूर्ण सहभागिता र योगदानका अवसर पत्ता लगाउने ।
  • उपयुक्त र समविचार भएका विश्व मञ्च र सञ्जालहरूको सदस्यता लिने, सदस्य रहिसकेका
  • सञ्जालहरूमा अग्रसक्रियता लिएर काम गर्ने ।

२. संयुक्त राष्ट्र सङ्घलगायत मूलधारका विश्व सङ्गठनसँग आलोचनात्मक सम्वाद र सहकार्य

  • संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विभिन्न एजेन्सी, विश्व बैङ्क, एसियाली बैङ्कलगायतका अन्य सान्दर्भिक अन्तर्राष्ट्रिय संस्थाहरूको भूमि–कृषि सम्बन्धी नीतिहरूबारे सुसूचित हुँदै उपयुक्त सञ्जालहरूमार्फत् आलोचनात्मक सम्वादमा सङ्लग्न हुने ।
  • विश्व संस्थाका समर्थन, सहयोग र सहकार्य गर्नुपर्ने विषय के, के हुन् र आलोचना, असहयोग र विरोध गर्नुपर्ने सवाल के, के हुन् भन्ने बारे स्पष्ट भई नेपालका भूमि–कृषि सम्बन्धी मञ्चहरूमा प्रस्तुत गर्ने ।

३. विश्व मञ्च र सञ्जालका सम्मेलन, बैठक र सेमिनारहरू नेपालमा आयोजना गर्न पहल गर्ने

  • सदस्य राष्ट्रको हैसियतले भूमि–कृषिसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सञ्जालका सम्मेलन, सभा, बैठक र सेमिनारहरू नेपालमा आयोजना गर्न सक्रिय पहल गर्ने जसले गर्दा नेपालका धेरैभन्दा धेरै अभियन्ता, अध्येता र नीति निर्माताले अन्तर्राष्ट्रिय तहको बहस र छलफलमा सहभागी भई ज्ञान र सिपको दायरा फराकिलो पार्ने अवसर प्राप्त गर्नेछन् ।
  • भूमि–कृषि सम्बन्धी सान्दर्भिक विश्व अभियानहरूबारे नेपालमा छलफल गर्नुका साथै मुलुकको परिवेश सुहाउँदो ढङ्गले अभियानमुखी क्रियाकलापहरू सञ्चालन गर्न सक्रिय पहल गर्ने ।