लकडाउन र पारिवारिक खेती

प्रेम प्रकाश नेपाली

पछिल्लो पटक हामी नेपालीले सबैभन्दा अत्यास लाग्दा दुई वटा परिस्थितीहरू भोग्नु प¥र्यो । पहिलो २०७२ भारतद्वारा गरिएको अघोषित नाकाबन्दी र दोस्रो कोभिड– १९ अर्थात कोरोना भाइरसको महामारी । अहिले यो महामारीबाट बच्न गरिएको बन्दाबन्दीले महिनादिन नाघिसक्यो ।

नाकाबन्दीको बेलामा पनि तरकारी, खाद्यन्न, ग्यास, तेन, नुन जस्ता अत्यावश्यक वस्तुहहरूको अभाव र अत्यधिक मूल्य वृद्धि भएको थियो । अहिले कोभिड– १९ महामारीको त्राससँगै महिनौं देशका सबै नागरिक आआफ्नै घरभित्र थुनिनु परेको छ । हामी घरभित्रै थुनिए पनि दैनिक खान, लाउन, सरसफाई गर्न र खबर आदान प्रदान गर्न परिरहेकै छ । बजार नखुल्नु, यातायात नचल्नु, आवत जावत रोकिनु, दैनिक उपभोग्य सामानहरू नपाइनु र महंगी बढ्नु आदि हिजो आजका जल्दा बल्दा समस्या हुन् ।

यसकारण ताजा, स्वस्थवद्र्धक र गुणस्तरीय उपभोग्य वस्तुको अभाव चुलिएको छ । जबकि यो महामारीलाई परास्त गर्न हामीले पर्याप्त पोषण युक्त आहार र स्वास्थ स्याहार तथा सररफाइमा सधैंको भन्दा अझ धेरै ध्यान दिनुपर्ने हुन्छ । जुन हुन सकिरहेको छैन । यसरी अहिलेको बन्दाबन्दीमा हामी स्वास्थ र जीवनसँग सम्झौता गरिहेका छौं । यदि चीन र अमेरिका जस्ता विश्वका शक्तिशाली मुलुकहरूमा झै यो महामारी नेपालमा पनि फैलियो र यो बन्दाबन्दी अझै महिनौ पर लम्ब्यिाउनु प¥यो भने देशको स्थिती कस्तो होला ? अहिल्यै भन्न गाह्रो छ । विश्व नै डराइरहेको यो महामारीको सजगतापूर्वक सामना गर्दै आगामी दिनहरूमा कसरी हामी सहज तरिकाले हाम्रो आहार, स्वास्थ स्याहार र सरफाइलाई नियमित भन्दा अझ राम्ररी सञ्चालन गर्न सक्छौ ? यस्तो प्रतिकुल अवस्थामा पनि कसरी देशलाई आत्मनिर्भता तर्फ लैजान सक्छौ भन्ने कुरा ज्यादै महत्वको विषय हो ।

नाकाबन्दी २०७२ को सिकाई कृषि सम्बन्धी नीति निर्माताहरूले भुले जस्तै लागे तापनि कोभिड– १९ ले देशको आत्मनिभर्रताको महत्वलाई अझ मुखरित गरेको छ । यस सम्बन्धमा सबै पक्ष अझ धेरै जिम्मेवार हुन जरुरी छ । अहिलेको महामारीले नेपालको कृषि प्रणालीलाई बुझ्न, यसको गर्विलो विगत र समस्यामुलक वर्तमानको गम्भीर विश्लेषण गर्न झक्झकाई रहेको छ । यस परिवेशमा कृषि क्षेत्रलाई कसरी सबल, सुरक्षित र स्वःनिर्भर गर्न सकिन्छ भनेर हाम्रा व्यवहारहरू बदल्न र सरकारका नीति योजना र कार्यक्रम परिमार्जन गर्न समेत प्रेरित गरेको छ ।

नेपाली अर्थतन्त्रको प्रमुख हिस्सा कृषि सन् १९७० को दशकसम्म निर्यातमुखी थियो । जति बेला कृषिमा आधुनिक प्रविधि, उन्नत बीउ, रासायनिक मल, किटनाशक विषादीको प्रयोग र प्राविधिक सेवा न्युन थियो । कृषिमा सरकारी तवरबाट त्यति धेरै योजना, परियोजनाहरू कृषकका लागि बनाइएका थिएनन् । त्यति बेलाका कृषकहरू कृषि प्रणालीमा भित्रिएका विकासबारे जानकार थिएनन् । बरु आफू वरपरको हावापानी र माटो सुहाउँदो बीउ, बाली लगाउने तरिका र पशुपालनमार्फत माटोको जैवीयपनालाई जोगाई राख्ने मलखाद् व्यवस्थापन, पहरा फोरेर भए पनि कुलो लगाई खेती सिँचित गर्न सक्ने ज्ञान सीप र मेहनतमा पोख्त थिए ।

जैविक खेती प्रणाली र पर्यावरणीय दीगोपनामा उनीहरू सचेत थिए । तब न देशले कृषिमा आत्मनिर्भरता कायम राखी निर्यात गर्न सकेको थियो । त्यतिबेला मानिसको जीविकोपार्जनको एक मात्र स्रोत कृषि थियो । सेवामुखी काम र रोजगारीको विकल्प न्युन थियो ।

विश्वमा जब कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै कृषकलाई अनुदान जस्ता सरकारी योजनाहरू आउन थाले, कृषिमा नयाँ अवधारणा आयो जसलाई हरित क्रान्ती नामाकरण गरियो । यसको मुख्य उद्देश्य नै धेरै उत्पादन गरि कृषिमा व्यवसायिकरण गर्ने र मुनाफा आर्जन गर्ने थियो । कृषिमा आएको यो अवधारणासँगै कृषि आधुनिकता र बजारसँग जोडियो । आधुनिक र ब्यापारिक कृषि प्रणालीलाई जीवन्त राख्न प्राकृतिक स्रोतहरूको अधिक दोहन र जमिनमा बढ्दो रासायनिकीकरणले तिब्रता पायो । यसले विश्वको कृषि प्रणालीमा केहि दशक उत्साहबद्र्धक नतिजा दिए पनि अन्तत्वगत्वा प्रकृति, पर्यावरण र मानव स्वास्थमा गहिरो असर पु¥यायो । माटो, पानी, र हावा दुषित तुल्याई समग्र जैविक प्रणालीको सन्तुलन बिग्रियो । विषादीयुक्त खाद्यान्नका कारण मानिसहरूमा विभिन्न रोगहरू देखापरे ।

कृषिमा आएको आधुनिकताको लहरसँगै तत्कालका लागि उत्पादन बढ्यो तर कृषकहरूले अवलम्बन गरेका परम्परागत खेती प्रणालीका ज्ञान, सिप र कलाहरू, माटो, हावापानी र भौगोलिक विशेषतायुक्त बीउ विजनहरू हराउदै गए । हामीले गर्ने स्वःनिर्भरताको खेतीलाई बजारमुखी खेतीले निलिदियो । हामीले फाइदा र आम्दानीको महत्व मज्जाले बुझ्न पायौं तर स्वःनिर्भरता र मौलिकतालाई गुमायौं । हामीले घर वरपर र होटेल, पार्क आदी ठाउँमा फूलको बगैचा र यसको सुन्दरताको महत्व चाल पायाँै तर करेसाबारीको महत्व भुल्यौँ । हामीले बजारमा गई थरिथरिका खाद्यान्न परिकार किनेर खाने स्वाद पायौँ तर बाँझै रहेका हाम्रा गरा, कान्ला र आलीहरू भुल्यौं । भौगोलिक विविधतायुक्त सुन्दर देश जसमा कृषि उत्पादनको विविधतामा अनेकौ सम्भावना छन्, यसमा किसानका आफ्नै माटो सुहाउँदो, परम्परागत ज्ञान सिप र कलाको प्रर्वधन गर्न सकेनौं ।

हामी यहि आधुनिक कृषि प्रणालीमार्फत देशको समृद्धि सम्भव छ भनेर बहस गरिरहेका छौँ तर देशले वार्षिक अर्बौको कृषि उपज आयात गरिरहेको कुरालाई बहसमा ल्याउन सकेनौं । नेपालको व्यावसायिक र ब्यापारिक कृषिको व्यवहारिक सीमा रेखा कोर्न सकेनौं । हाम्रो निर्यातमुखी कृषिले दुई विशाल र शक्ति सम्पन्न देशहरूसँग कति प्रतिस्पर्धा गर्न सक्छ भनेर आँकलन गर्न चुक्यौं । अझ भनौं विदेशी अनुदानका लागि विश्व व्यापारको प्रतिस्पर्धामा आधारित खेती प्रणालीलाई बढ्वा दिन विश्व व्यापार सङ्गठन जस्ता पुँजिवादी सङ्गठनको सदस्यता निशर्त स्वीकार ग¥यौं । तर प्रतिस्प्रर्धा गर्ने वातावरण तयार भएन । कृषकहरू पलायन हुँदै गए । खेतबारी बाँझो हुँदै गयो । हाम्रा परम्परागत ज्ञान सिप र कला गुम्यो । अनि हामी परनिर्भर भयौं ।

हामी यहि परनिर्भरताको दुस्चक्रमा कोभिड– १९ को महामारीमा हाम्रो दैनिक आहार, स्वास्थ स्याहार र सरसफाइमा सम्झौता गरिरहका छौँ । यसको विकल्प के त ? निश्चय नै यदि हामीले हाम्रा परम्परागत ज्ञान सिप, माटो प्रतिको माया र त्यसको उचित सदूपयोग गर्ने तरिका जोगाउन सकेको भए, नयाँ प्रविधि, ज्ञान र सिपसँगै हाम्रा माटो, हावा र वातारण सुहाउँदा बीउ विजनलाई परिस्कार गर्न सकेको भए, हाम्रा कृषक पुर्खाले अवलम्बन गरेका जैविक मल व्यवस्थापन र जैविक किटनाशक तरिकालाई विस्तार गर्न सकेको भए, माटोको महत्व, उपयोग र यसमा गरिने कृषि कर्म प्रतिको विश्वासलाई जोगाई राख्न सकेको भए र स्वःनिर्भरताको गरिमालाई कायम राख्न सकेको भए आज यो महामारीमा हाम्रो आहार र स्वास्थमा सम्झौता गनु पर्ने थिएन ।

कोभिडले निम्त्याएको अहिलेको खाद्य सङ्कटमा नागरिकहरूलाई सरकारले वितरण गरेको राहतको जरुरी खासै हुने थिएन । सरकारले महामारीको बेला खाद्य सङ्कटमा जुध्न थप व्ययभार बोक्नु पर्ने थिएन । हामी आफैले आफ्नै कौसीमा, करेसाबारीमा र खेत तथा गराहरूमा फलेका उत्पादनले हाम्रो स्वास्थमा रोगसँग लड्ने थप प्रतिरोधी क्षमता आर्जन गर्न सक्थ्यौं । यी सबै कामले देशको स्वनिर्भरता र समृद्ध नेपालको सपनालाई टेवा दिई रहेको हुने थियो ।

अहिले पनि समय घर्किसकेको छैन । नेपालमा महामारीले विकरालरुप लिई सकेको पनि छैन । विगतको नाकाबन्दी र यो बन्दाबन्दी पाठ लिँदै नागरिक तहबाट र सरकारका तर्फबाट गर्नुपर्ने कृषि सुधारका कामहरूलाई महत्वका साथ लागु गरेमा नेपालले खाद्यान्नमा पर्न सक्ने असरको सहजै सामना गर्न सक्छ । यसबाट महामारीमा हुन सक्ने आर्थिक र मानवीय क्षति र मनोवैज्ञानिक असरहरूलाई कम गर्न सकिन्छ । यसका लागि तत्कालै हरेक नागरिकहरूले आफ्ना खाली रहेको जमिनमा खेती लगाउने, करेसाबारी र कौसी खेती गर्ने, सौन्दर्यको लागि राखेका बगैचा र खुल्ला ठाँउमा तरकारी रोप्ने, आँगनको वरपर तरकारी फलाउने आदि गर्न सकिन्छ । यी काम गर्दा यो महामारीको बन्दाबन्दीमा हाम्रो दैनिक आहार र स्वास्थमा सम्झौता गर्नु पर्दैन । दैनिक कामले हाम्रो स्वास्थलाई राम्रो बनाउने मात्र होइन महामारीको त्रास र घरमै थुनिनुपर्दाको मनोवैज्ञानिक असरहरूबाट समेत सजिलै छुटकारा पाउन दिलाउन सक्छ ।

नेपाल सरकारले पारिवारिक र जैविक खेती प्रणालीलाई बढवा दिने गरि आगामी कृषि नीति, कार्यक्रम र योजना बनाउन जरुरी छ । सरकारले यो बुभ्mन जरुरी छ कि खुल्ला विश्व बजारमा प्रवेश गरेको नेपाल दुई विशाल र शक्ति सम्पन्न मुलुकको कृषि उत्पादनसँग कुनै तरिकाले प्रतिस्पर्धा गर्न सक्दैन । अझ खुल्ला सीमाना भएको मुलुक भारतको मैदानी कृषि र प्रशस्त अनुदान प्राप्त कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिँदैन । अहिले भई रहेको हाम्रो परनिर्भरताको मुल कारण हामीले आधुनिक कृषि प्रणालीको अन्धानुकरण गरि हाम्रौ मौलिकता, जैविक खेती प्रणाली, पारिवारिक खेतीको महत्वलाई गुमाउनु हो । प्रतिस्पर्धा र व्यवसायिकताको नाममा स्वःनिर्भरता गुमाउनु हो । जबकि संयुक्त राष्ट्र संघले सन् २०१४ देखि पारिवारिक खेतीको महत्वलाई बुझेर यसको प्रवर्धनमा जोड दिई रहेको छ । विश्वका थुप्रै विकसित र विकाससिल राष्ट्रहरू जैविक खेती प्रणाली अवलम्बन गरि आत्मनिर्भर मात्र होइन खाद्यान्न निर्यात समेत गरिरहेका छन् । यसर्थ यस काममा हामी सबैले आआफ्नो ठाँउबाट पहल गर्न ढिला नगरौं ।

प्रकशित मिति : बिहिबार, अप्रिल ३०, २०२०

CSRC Nepal