सामुदायिक भूमि अधिकार अभियान

दुई तीहाई नेपालीको जीविकाको स्रोत कृषि हो । भूमिको आर्थिक र सामाजिक महत्वको साथै सांस्कृतिक र राजनीतिक आयामहरू पनि छन् । सरकारले विद्यमान भूमिसम्बन्धी मुद्दा सम्बोधन गर्न केही सुधारका एजेण्डाहरू अगाडि ल्याएको छ । कानुनी सुधारका साथै भूमिहीन र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न कार्ययोजना पनि अघि सारेको छ । प्रान्तिय र स्थानीयस्तरमा भूमि सुधारको…

उद्देश्य अनुरुप भूमि व्यवस्थापन रणनीति (एफएफपिएलए)

यो परियोजनाले पहिलेको ग्लाोबल ल्याण्ड टूल सञ्जाल परियोजनाका गतिविधिहरूलाई भूमि नीति विकास र नेपालका लागि उद्देश्य अनुरुप भूमि व्यवस्थापनका लागि राष्ट्रियस्तरको रणनीतिक योजनामा सहयोग गरिरहेको छ । यस परियोजनाको प्रमुख उद्देश्य भनेको नै उद्देश्यअनुरुपको भूमि प्रशासनिक व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिको माध्यमबाट लैङ्गिक उत्तरदायी भूमि नीतिको तर्जुमा र कार्यान्वयन गर्न सहयोग पु¥याउने ।

राष्ट्रिय सङ्लग्नता रणनीति

अन्तर्राष्ट्रिय भूमि सञ्जालका राष्ट्रियस्तरका कार्यक्रमहरू राष्ट्रिय सङ्लग्नता रणनीति (National Engagement Strategies [NES]) अन्तर्गत सञ्चालित हुन्छन् । जस अन्तर्गत अन्तराष्ट्रिय भूमि सञ्जाल (ILC) आफ्ना सदस्यहरू सँगको सहकार्यमा राष्ट्रियस्तरमा जनमुखी भूमि शासनका लागि रणनीतिक साझेदारी चाहन्छ । यसका लागि सम्बद्ध राष्ट्रहरूमा बहुसरोकार मञ्च (Multi-Stakeholder Platform) स्थापना गरी सबलीकरण गरीरहेको छ । अन्तराष्ट्रिय भूमि सञ्जाल को मार्गदर्शन २०१६…