राष्ट्रिय सङ्लग्नता रणनीति

अन्तर्राष्ट्रिय भूमि सञ्जालका राष्ट्रियस्तरका कार्यक्रमहरू राष्ट्रिय सङ्लग्नता रणनीति (National Engagement Strategies [NES]) अन्तर्गत सञ्चालित हुन्छन् । जस अन्तर्गत अन्तराष्ट्रिय भूमि सञ्जाल (ILC) आफ्ना सदस्यहरू सँगको सहकार्यमा राष्ट्रियस्तरमा जनमुखी भूमि शासनका लागि रणनीतिक साझेदारी चाहन्छ । यसका लागि सम्बद्ध राष्ट्रहरूमा बहुसरोकार मञ्च (Multi-Stakeholder Platform) स्थापना गरी सबलीकरण गरीरहेको छ । अन्तराष्ट्रिय भूमि सञ्जाल को मार्गदर्शन २०१६ देखि २०२१ ले नेस लाई निम्नअनुसार परिभाषित गरेको छ । परामर्श मञ्च (Consultative Platform)  का हिसाबले राजनीतिक परिवर्तनको सम्भावना बढाउने बल सिर्जना गर्न मध्य तथा दूर–दृष्टिकोण भएका अन्तराष्ट्रिय भूमि सञ्जाल सदस्यहरू र अन्य सरोकारवालाहरूलाई गोलबद्ध गर्दछ ।” नेपालमा भूमि शासनका लागि राष्ट्रिय सङ्लग्नता रणनीति  (नेस नेपाल) कार्यान्वयन सचिवालयको कार्यालय काठमाडौंको धापासी स्थित सामुदायिक आत्मनिर्भर केन्द्रको भूमि घरमा छ । आ–आफ्नो क्षेत्रमा विशेषज्ञताका साथ काम गरीरहेका नेपालमा रहेका ६ वटा अन्तराष्ट्रिय भूमि सञ्जालका  सदस्यहरू मिलेर नेस नेपाल गठन गरिएको हो । तिनीहरू अरू धेरै राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगीहरूसँग सङ्लग्न छन्, जो भूमि र श्रोत अधिकार सम्बन्धी तिनीहरूको पहलकदमीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु¥याई रहेका छन् ।

CSRC Nepal