सिमान्तकृत किसान परिवारको मर्यादित जीवनका लागि आर्थिक र समाजिक अधिकारको सुदृढिकरण (इएस.माफार)

स्थानीय सरकारलाई भू–उपयोग योजना र भूमि कृषि सम्बन्धि जानकारीको दस्तावेजिकरण (भूमिहीन र अनौपचारिक बसोबास गर्नेहरूको सङ्ख्या, जमिनको वर्गीकरण, समुदायको प्रमुख उत्पादन) को सहायता गर्न आत्मनिर्भर सेवा केन्द्रले भूमिहीन तथा योजना बिहीन बसोबास गरिरहेका परिवारहरूको पहिचान, प्रमाणीकरण र आवश्यक कागजपत्रको सङ्कलन र नगरपालिका तहमा भू–उपयोग योजना बनाउने मुख्य दुई वटा मोडेलको काम अगाडी बढाएको छ । स्थानीय सरकार, भूमी व्यवस्थापन सहकारी मन्त्रालय र गरिबी निवारण मन्त्रालय र आत्मनिर्भर सेवा केन्द्रबीच विस्तृत सम्झौता गरि काम अगाडी बढाएको छ । प्रभावकरी भू–उपयोग योजना बनाइसकेपछि वास्तविक भूमिहीन र अनियन्त्रित रूपमा बसोबास गरिरहेका परिवारहरूको पहिचान र प्रमाणिकरण गरिनेछ । पहिचान र प्रमाणिकरण भइसकेपछि परिवेश नक्शाङ्कनको तथ्याङ्कको आधारमा उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरिनेछ । सोहि तरिकालाई अबलम्बन गर्दै, जलवायु उत्थानशिल भू–उपयोग योजनाले स्पष्ट रूपमा पहिचान गरेको कृषि जग्गा, जोखिम अवस्थामा रहेको जग्गा र  आवास क्षेत्रको जग्गाको क्षेत्रफल स्पष्ट रूपमा छुट्टिनेछ । भू–उपयोग योजनाले सुरक्षित आवासका साथ पर्याप्त कृषि क्षेत्रको पहिचान गर्न सहयोग गर्नेछ ।

CSRC Nepal