भू–उपयोग र जीविकोपार्जन कार्यक्रम, एफ.डि.एफ

२०७२ को विनाशकारी भूकम्प पश्चात समुदायलाई राहात उपलव्ध गराउनका लागि जुन २०१५ देखि सेप्टेम्बर २०१६ सम्म भूकप्प पुनस्र्थापना कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममार्फत विपद्को समयमा समुदायलाई आश्रयस्थलका लागि हल्दे र नुर्बुलिङ्गमा दुई वटा सामुदायिक घर निर्माण गरिएको छ । पालिकाका दुई वटा वडाका एक सय किसान परिवारलाई दिगो जीविकोपार्जनका लागि प्रति परिवार पन्ध्र हजारका दरले सहयोग गरिएको छ ।

परियोजनाको दोस्रो चरणमा परियोजनाको सहयोगमा नै सामुदायिक घरलाई पहिरोबाट जोगाउनका लागि १० लाख लागत बराबरको ग्याविनवाल लगाईएको र सामुदायिक घरमा भान्छा कोठाको पनि निर्माण गरिएको छ । परियोजनाको तेस्रो चरणमा, एकीकृत वस्तिमा बसोबास गरिरहेका परिवारको दिगो जीविकोपार्जनका लागि उक्त वस्तिका परिवारलाई सहयोग गर्ने र दुईवटा वडाको भू–उपयोग योजना बनाउन सहयोग गर्ने रहेको छ ।

CSRC Nepal