दिगो समाधान, दोस्रो चरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प र भौगोलिक जोखिमका कारण विस्थापित भएका परिवारको पुनर्वास र भावि जोखिमलाई कम गर्नका लागि दिगो समाधान परियोजनामार्फत पाचँ वटा फरक फरक नीतिको अनुमोदन गरि लागु गरेको छ । अहिलेको अवस्थामा रहेका भूमिहीन र विस्थापित परिवारको सामूहिक मुद्दाको सुनुवाइ र समाधानका लागि एन.आर.ए भित्र साथै राजनैतिक दलभित्रका नेतृत्वमा दृढ इच्छाशक्ति रहेको छ । विस्थापित र भूमिहीनहरूको समस्या समाधान गर्नका लागि तर्जुमा भएका नीतिहरूको समयसापेक्ष परिमार्जन गरेर प्रभावकारी कार्यान्वयन गर्न सकेमा वास्तविक पीडितहरूको सवालको समाधान गर्न सकिन्छ र यहि विषयमा परियोजनाले काम गरिरहेको छ । भूकम्प प्रभावित र विस्थापित परिवारलाई दिगो समाधान परियोजनाको सहजीकरणमा राष्टिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराउने अनुदान रकममा पहुँच पु¥याई दिगो र उत्थानशिल पुनर्निर्माणमा सहयोग गर्नका लागि पिन र आत्मनिर्भर सेवा केन्द्रले समान साझेदारीमा काम गरिरहेका छन् ।

CSRC Nepal