लकडाउन : सदुपयोग र माटोको माया
विक्रम् सम्वत् १९९० सालको भूकम्पबारे हजुरबुबा, हजुरआमाबाट कथा सुनियो । २०४५ सालको भूकम्प एउटा बच्चाका रूपमा त्रास र उत्सुकतासहित अनुभव गरियो । २०७२ सालको भूकम्पको कोलाहल सचेत साक्षी र राहत एवम् पुनर्निर्माण सहयोगीका रूपमा ताजै छ । त्यसमा कयौं आफन्तले ज्यान गुमाए, घरहरू भत्के । भत्केको घर बनाउन लिएको ऋण तिरि नसक्दै अर्को महामारी आइपुग्यो,…