गोपाल थापा मगर
अध्यक्ष

गोपाल थापा मगर सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको अध्यक्ष हुनुहुन्छ । उहाँले विगतमा विकाससँग सम्बन्धित संस्था जस्तै सेभ द चिल्ड्रेन नर्वे, सप्लानिर, स्विस विकास सहयोग नियोग, प्राक्टिकल एक्सन लगायत अन्य थुप्रै संघ संस्थामा काम गरिसक्नुभएको छ । उहाँमा विकाससँग सम्बन्धित संघ संस्थामा २५ वर्षभन्दा लामो समय काम गरेको अनुभव छ । उहाँ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सञ्चालन भएका तालिम, गोष्ठी तथा क्षमता विकासका कार्यक्रममा सहभागी हुनु भएको छ । उहाँलाई सम्पर्क गर्न आवश्यक परेमा chairperson@csrcnepal.org मा इमेल गरी सम्पर्क गर्न सकिन्छ ।